|

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। 

शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। 

नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्माले बताए।

केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो। ती अध्यादेश आजै बसेको प्रतिनिधिसभा बैठकमा एमालेको विरोधका बीच पारित गरेपछि सरकारलाई बजेट प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.