|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक विघटन गरेको प्रतिनिधिसभाको बैठकमा पछिल्ला दिनहरूमा रोचक दृष्य देखिरहेको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गर्दैगर्दा फरक फरक दृश्‍य  देखियो। 

एमालेले माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक एमालेले निरन्तर अवरोध गरिरह्यो। तर, सभामुखले आफ्नो संसद् बैठक सञ्‍चालन गरिरहे। 

​एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरेर सभामुखको रोष्ट्रमतर्फ जान खोज्दै गर्दा नेता नेपालको पक्ष छाडेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताहरू रमिते बनिरहे। उनीहरूले न नाराबाजी गरे न त कुर्सीमै बसिरहने हिम्मत गरे।

एमालेभित्रको विवादमा अन्तिमसम्म माधव नेपाललाई साथ दिएका नेताहरु १४ सांसदको कारबाहीबारे खुलेका छैनन्। 

त्यसो त बुधबारको संसद बैठकपछि योगेश भट्टराई, रामकुमारी झाँक्री र गणेश पहाडि बीचको गफ भाइरल नै बन्यो। एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी)की सांसद झाँक्रीले व्यङ्ग्यात्मक शैलीमा भनिन्, ‘खगराज अधिकारीहरूले गैरसांसद भनेर नारा लगाए। हाँस्नु पनि कति?’

सभामुखले माधव नेपालसहितको १४ कारबाही रोकेर पार्टी विभाजनमा सघाएको बाहेक तेस्रो धारको नेताहरूले सांसद पद जोगाइएको विषयमा बोलेका छैनन्। 

बुधबारको बैठकपछि पार्टी विभाजनको क्रममा नेपालको साथ छाडेका एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले सभामुख सापकोटाको भूमिकामै प्रश्न उठाएका थिए। 

उनले संसदबाट बाहिरिने क्रममा भनेका थिए, ‘सभामुखले निष्पक्ष खालको व्यवहार देखाउनुभएको छैन। एउटै केसका विभिन्न दलहरूलाई विभिन्न ढंगले निर्णय गर्नुभएको छ। संसदीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छ। पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ।’

बैठकमा एमाले सांसदले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरिरहे।  तर, अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरे।  एमालेको निरन्तर अवरोधपछि अर्थमन्त्री शर्मा रोष्ट्रममा दौडिएर पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.