|

सल्यान : घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन्। भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए।

सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बांगिरहमा आएको मुखिया वीरबहादुर शाहीले बताए।

दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए। सामुदायिक वनले काठ काट्न नदिए पनि राउटेको परम्परागत हस्तकला बिस्तारै हराउँदै जान थालेको शाहीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.