|

काठमाडौं : आज ऋषिपञ्चमी, हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुधन्तीसहित सप्तर्षिहरुको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउने गरिन्छ।

आजका दिन कश्पय, अत्रि, भारद्वाज, विश्वमित्र, गौतम,जमदग्नी, वशिष्ठ र अरुधन्तीको पूजा गरेर वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्दछन्।

आजको दिन बिहानै उठेर नदी, तलाउ, पोखरी, कुवार वा धारोमा गइ स्नान गरी शुद्ध हुँदै स्नानका बेला ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक विधि रहेको छ। आजको दिन महिलाहरु काठमाडौंको गौरीघाटलगायत देवीदेवताका मन्दिरमा गएर सप्तर्षिहरुको पूजा गरी व्रत बस्ने गर्दछन्।

आजको दिन सप्तऋषिहरुको पूजा गर्नाले रजस्वला भएको बेला छोएइको त्रुटिसहित आफ्ना कुकर्महरुबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। सप्त ऋषिहरुको पूजा गर्ने दिन भएकोले आजको दिनलाई ऋषिपञ्चमी भनिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.