|

हेटौंडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गतेको संरचनामा फर्किएको छ।

शनिबार हेटौंडामा तत्कालीन एमाले मकवानपुरको जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बसेर पुरानो संरचनामा फर्किएको हो। वि.स.२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) रोजेपछि पुरोनो संरचनाअनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक बसेको छ।

बैठकमा लम्साल अध्यक्ष, गोपाल श्रेष्ठ उपाध्यक्ष, एकलाल श्रेष्ठ सचिव, लालबहादुर थापा उपसचिवसहितको तीन सय २९ सदस्य जिल्ला कमिटीले शपथग्रहणसमेत गरेका छन्। पार्टीको पदाधिकारीको बैठकले सचिवालय निर्माण गर्ने र त्यसबाट विभिन्न विभाग गठन गरिने जनाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.