|

हेटौंडा : नेकपा (एकिकृत समाजवादी) को बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन्।

आइतबार दलले आधिकारिकता पाएसँगै संसदीय दलको पहिलो बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो। प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ जिल्ला प्रतिनिधिसभा-१ अन्तर्गत प्रदेशसभा १ बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको जनाएको छ।

बैठकले बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफूहरूको पार्टीको समर्थन नरहने निर्णय पनि गरेको छ। सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बारेको जानकारी प्रदेशसभा सचिवालय र सरकारको मुख्यमन्त्री कार्यालयलाई आजै जानकारी गराउने निर्णय भएको दलको नेता पाण्डेले जानकारी दिए।

पाण्डेले एकीकृत समाजवादीको प्रदेश संसदीय दलको विधान पारित गरेको बताए। आइतबार निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आबद्ध सांसदहरूको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि संसदीय दलको पहिलो बैठक बसेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.