|

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी–केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाको आठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा सीताराम लिम्बू चयन भएका छन।

बुधबार राति अबेर सम्पन्न जिल्ला सम्मेलनले लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो। कमिटीको उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरु शिवा र कोषाध्यक्षमा शुभेक्षा लिम्बू सर्वसम्वत चयन भएका छन।

यस्तै, जिल्ला सम्मेलनले पदम रखाल मगरलाई केन्द्रीय कमिटीमा तथा रोशन खड्का र सञ्जीव लिम्बूलाई प्रदेश कमिटीमा सिफारिस गरेको अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा प्रदेश १ सहसंयोजक इन्द्र विष्टले जानकारी दिए।

‘समाजवादी शिक्षा र राष्ट्रियताको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणको लागि आठौं जिल्ला सम्मेलन’ नाराका सम्पन्न सम्मेलनको उद्धाटन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष दिपेश पुनले गरेका थिए।

उनले सम्मेलनको उद्धाटन गर्दै अबका दिनमा धनकुटा जिल्लामा शैक्षिक दलालीकरण, व्‍यापारीकरण भएमा त्यसको विरुद्ध संघर्ष गनुपर्ने बताए। साथै उनले सामुदायिक, संस्थागत र प्राविधिक शिक्षाको क्षेत्रभित्र देखिएका विकृति र विसंगतिको समाधानको लागि निरन्तर लाग्नुका साथै आवश्‍यक परेको खण्डमा संगठनले जस्तो सुकै कठोर संघर्ष गर्नुपर्नेमा जोड दिए। उपाध्यक्ष पुनले समाजवादी शिक्षा अहिलेको आवश्यकता रहेको बताउँदै संविधानको मौलिक हकमा उल्लेख भएको शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यान्वयन हुनुपर्ने बताए।

कार्यक्रममा माओवादी केन्द्र धनकुटा संयोजक ऋषिराम ढुंगाना, अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सचिब तथा प्रदेश प्रदेश १ संयोजक मदन भट्टराई लगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.