|

काठमाडौं :  ट्राफिक प्रहरीले काठमाडौंस्थित थलीबाट मोटरसाइकल चोर्ने दाजुभाइसहित ३ जना पक्राउ गरेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरी गरिरहेको अवस्थामा बाग्मती प्रदेश ०२-०१५प ६१७२ नम्बरको २२० सिसीको कालो– निलो पल्सरसहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका विजय धिताललाई कागेश्वरी-मनहरा वडा- ५ थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए।

पक्राउहरूलाई थप अनुसन्धानका क्रममा साँखु बस्ने सिन्धुपाल्चोक मेलम्चीका २६ वर्षीय जीतबहादुर र २४ वर्षीय विष्णु तामाङ (पाख्रीन) समेत भएर चोरेको र उनीहरूसँग चोरीको अर्को पनि मोटरसाइकल समेत रहेको महाशाखाले जनाएको छ।

अनुसन्धानका क्रममा माकलबारीबाट भाद्र १५ गते कोटेश्वरबाट हराएको निलो रंगको २२० सिसीको पल्सर पनि बरामद भएको छ। उक्त मोटरसाइकल प्रदेश ३-०२-००१प ७२८६ नम्बर परिवर्तन गरी प्रदेश ३-०२-००७ प ८४९४ बनाएर चलाएको अवस्थामा पक्राउ गरिएको हो।  

पक्राउ परेका जीतबहादुर र विष्णु दाजुभाइ रहेकोसमेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ।

मोटरसाइकल चोरीमा संलग्न तीनै जनालाई मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा थप अनुसन्धान एवं कारबाहीका लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.