|

काठमाडौं :  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले बगाएको भानु माविको अध्ययन अध्यापनलाई सुचारू गर्ने उद्देश्यले  टेन्ट त्रिपाल, म्याट औषधिलगायत सामग्री हस्तान्तरण गरेको छ।

शनिबार एक कार्यक्रमबीच बेशीसहर लमजुङमा विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्रीहरू हस्तान्तरण  गरिएको हो। कार्यक्रममा लमजुङका प्रमुख  जिल्ला अधिकारी श्री होमप्रसाद लुइँटेल,डिएसपी कृष्ण कार्की विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल पत्रकार महासंधका अध्यक्ष आश गुरूङ, जनविकास मावि प्राचार्य रत्नमान श्रेष्ठ  सामाजिक व्यक्तित्ब नरहरि वाग्ले, श्रमिक संगठनका रामबहादुर  विक, त्रिवि विश्वविद्यालयका मिडिया प्रमुख हरिषकुमार ऐर केन्द्रीय सदस्य हेमन्त अवस्थि लमजुङ मिडिया प्रमुख ववि शर्मालगायतको उपस्थिति थियो।

सामग्री वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ, नमुना सामुदायिक अस्पताल सुन्दर वजार, दूधपोखरी गाउँपालिका विश्वकर्मा गुठी समाज लमजुङ, राष्ट्रिय श्रमिक संगठनलाई टेन्ट ,त्रिपाल, लगायतका सामाग्री वितरण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.