|

जनकपुरधाम : नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अब हुने निर्वाचनमा एमाले पूर्णरुपमा भत्किने दाबी गरेकी छिन्।

उनले अबको सात महिनापछि केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भत्किने दाबी गरेकी हुन्। समाजवादी प्रेस संगठनले आज शनिबार साझ जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाँक्रीले भनिन्, ‘एमालेले आउने चुनावमा सामान्य सफलता पनि पाउने छैन, हामी समाजवादीको ढोका खोल्नेछौँ र त्यतिबेला एमालेमा बचेखुचेकाहरू पनि यसमै आउनुहुनेछ।’

उनले ओली सच्चिने कुनै सम्भावना नरहेको दाबी गर्दै निर्वाचन अघि नै ओलीलाई आफ्ना सयौँ नेता कार्यकताहरूले साथ छाड्ने बताइन्। नेतृ झाँक्रीले एमाले ढल्ने स्थितिमा पुगेको भन्दै एमाले अध्यक्ष ओली आत्तिएर गालीगलौजमा उत्रिएको आरोप लगाइन्।

‘पार्टी फुटेपछि ओली विक्षिप्त बन्नुभएको छ’ उनले भनिन्। एमाले विभाजन नभएर आफूहरूले विद्रोह गरेको झाँक्रीको भनाई थियो। उनले भनिन्,‘हामी त आराममै छौं। हामी किमार्थ पनि हतोत्साहित छैनौं तर ओली एमाले ढल्नै लागेका कारण  विक्षिप्त हुनुहुन्छ। आत्तिनुभएको छ। गालीगलौचमा उत्रिनुभएको छ। धेरै हतास मनस्थितिमा पुग्नुभएको छ।’

उनले ओली तिर लागेका एमालेका नेता कार्यकर्ताहरूतर्फ इसारा गर्दै भनिन्, ‘कुनै चिज बिग्रेपछि काम लाग्दैन, ओली सच्चिने कुनै सम्भावना छैन। त्यसकारण ढल्नै लागेको घरमा बस्नुभन्दा समयमै त्यहाँबाट छोडेर नयाँ घरमा बास बस्नु सबैका लागि हितकर हुनेछ।’

एमालेको नेतृत्वमा अवसरवाद, व्यक्तिवाद, नातावाद, विसर्जनवाद, दक्षिणपन्थी हावी भई पार्टी सच्चिनै नसक्ने अवस्थामा गएपछि आफूहरुले विद्रोह गरेको उनको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.