|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा तथा कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सातौं संविधान दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गर्दै दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने बताए।

उनले आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको उल्लेख गरे। यस्तै‚ संविधानको कार्यान्वयनबाट नै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, प्रेस स्वतन्त्रता, न्याय र समानतामा प्राप्त गरिने भएकाले अहिलेसम्म भएका उपलब्धिहरुको रक्षा गर्न सरकार प्रतिबद्ध बताए।

प्रधानमन्त्री देउवाले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका बेला नागरिकको जीवनरक्षा गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको मुल लक्ष्य रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.