|

काठमाडौं : यातायात व्यवस्था विभाग,सवारी चालक अनुमति पत्र चावहिलले बुधबार दर्ता गर्ने सवारी चालक अनुमति पत्र(लाइसेन्स)काे समय सारेको छ। कार्यालयले सर्भरमा समस्या देखिएपछि नयाँ दर्ता प्रकृया आगामी शुक्रबारका लागि सारेको हो।

बुधबार दर्ता गर्न बिहान ६ बजेदेखि नै टोकन लिएर सेवाग्राही पर्खिरहेका थिए। तर, सर्भर नै चलेन। दिनभरि नै सर्भर खुल्ने छाँटकाट नदेखिएपछि समय सारिएको सवारी चालक अनुमति पत्र चावहिलका प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिए।

‘बिहान ९ : ३० बाट नचलेको सर्भर अहिले (तीन बजे) सम्म चलेन,त्यसैले आजको दर्ता गर्न बाँकीलाई शुक्रबार बोलाएका छौँ,’उनले भने। उनका अनुसार देशै भरको दर्ता गर्ने सर्भर डाउन भएको छ।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.