|

काठमाडौं : मन्त्रिपरिषद् र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ६ बजेको लागि गठबन्धनको बैठक बोलाइएको हो। 
 

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै गठबन्धनको बैठक बस्ने बताए। मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति बनेको थियो। 

आजको गठबन्धनको बैठकअघि कांग्रेसको पदाधिकारी बैठक जारी छ। यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी र एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। 

यता, गठबन्धनमा सामेल भएका जनता समाजवादी पार्टी जसपा भने राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नहुने पक्षमा छन्। 

देउवा सरकार गठन भएको ७० दिन बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन। आजको बैठकले सरकारलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.