|

डडेल्धुरा : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २८ वर्षीय भरत बडायर जोशी नगर सभापति बनेका छन्। 

शनिबार सम्पन्न पालिका अधिवेशनमा जोशी  परशुराम नगरपालिकाको सभापतिमा निर्वाचित भएका हुन्। पालिका अधिवेशनमा दुई सय मत खसेकोमा जोशी १ सय ४८ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत मात्र प्राप्त गरे। ४ मत बदर भएको मतदान अधिकृतले जनाए। उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भएका छन्। सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुन्।  

यस्तै, अमरगढी नगरपालिकाको सभापतिमा खेमराज भट्ट, आलिताल गाउँपालिकाको सभापतिमा चन्द्रदेव बोहरा, अजयमेरु गापाको सभापतिमा टेकराज पाण्डेय, भागेश्वरको सभापतिमा डम्बरराज जोशी, गन्यापधुराको सभापतिमा इन्द्र कार्की र नवदुर्गा गाउँपालिकाको सभापतिमा भोजराज भट्ट निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.