भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं ४ का वडाध्यक्ष उत्तम थापाले उच्च अदालतको अन्तरिम आदेशको ठाडो उल्लंघन गरी सर्वसाधारण जनताको घरमा दलबल सहित आई डोजर लगाउने काम गरेका छन्।
मंगलबार दिउँसोदेखि घरभित्र मान्छे हुँदाहुँदै जबरजस्ती डोजरको प्रयोग गरी घरको एक भागमा क्षति पुर्याई सर्वसाधारणलाई घरबारविहीन बनाउने कार्य भएको छ।
स्थानीय सरकारको जिम्मेवार पदमा भएको वडाध्यक्ष जस्तो व्यक्तिले गुन्डागर्दी शैलीमा सर्वसाधारणलाई जे पनि गर्न सक्ने धम्की समेत दिएका छन्।
जनताको सेवामा समर्पित गणतान्त्रिक नेपालको स्थानीय जनप्रतिनिधिको यही हो त चाला?
तपाईंको ईमेल गोप्य राखिनेछ ।