राज्यले सेवा सुविधाबाट वञ्चित गर्न नहुने

|

​रुकुम (पूर्व) : रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। 

सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्। 

आगामी दिनमा बालबालिकाका संरक्षणमा बढी जोड दिनुपर्नेमा सभामुख घर्ती मगरले जोड दिए। ‘राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएमा विद्रोह पैदा हुन्छ’‚ सभामुख घर्तीले भने‚ ‘त्यसैले अब तीन तहकै सरकारले दुर्गम क्षेत्रका बस्तीमा सूक्ष्म ढंगबाट सेवा गर्न लाग्नु पर्नेछ।’ 

हिजोको ‘खोजऔँ र खोपऔँ’ अभियानले सामूहिक सफलताको सार्थकता भएको घर्तीको भनाइ रहेको छ। राजनीतिक दृष्टिकोणबाट अकल्पनीय परिवर्तन भए पनि नेतृत्व तहबाट त्यसको कार्यान्वयनमा चुकेकाले विगतको प्रतिपक्ष आजको सत्तापक्ष हुन पुगेको सभामुख घर्तीले बताए। राजनीतिक तहबाट कहिले पनि दम्भ र अहम्‌ देखाउन नहुने सभामुख घर्तीले आग्रह गरे।  

घोषणा गरेर मात्र पूरा नहुने भएकाले सबै राजनीति शक्ति संघीयता कार्यन्वयन गर्ने तर्फ लागे मात्र स‌ंघीयता सफल हुने सभामुख घर्तीले बताए। 

जन्मेदेखि १५ महिनासम्मका एक हजार ३ सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९ सय ३४ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। रुकुम पूर्व नेपालको ६२ औँ पूर्ण खोप जिल्ला घोषणा भएको  हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.