|
फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बहुदल आएपछि सबै पार्टीमा केही निश्चित नेताले कब्जा गरेकाले राजनीतिक परिवर्तनको आभास हुन नसकेको भन्दै उनले नेताहरूको कडा आलोचना गरेका छन्।

राजनीतिमा पनि अरु क्षेत्रमा जस्तै निश्चित समयपछि अवकाश लिनुपर्ने उनको भनाइ थियो। नेपालका नेताले भने त्यसो नगरेको बरु आर्यघाट पुग्ने बेलासम्म पनि पद नछाड्दा नेपालीमा निरासा छाएको उनले बताए।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति संकेत गर्दै भने, 'अब पार्टी सभापति, वरिष्ठ नेता लगायतले रिटायरमेन्ट लिनुस् अर्को पुस्ता नेतृत्व लिन तयार छ।'

काठमाडौंको कोटेश्वरमा बुधबारआयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेसलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तन फेर्नुपर्ने बताएका हुन्।

कांग्रेसले सधैं जनताका लागि काम गरेको उनको भनाइ थियो। 'तर, वर्तमान नेतृत्वले गरिरहेको अलोकतान्त्रिक गतिविधिले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ,’ नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ।’

नेता सिंहले अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन हुन आवश्यक भएको पुष्टि गरेको बताए। उनले वर्तमान पार्टी नेतृत्वलाई जनताले विश्वास गर्न छाडेको दाबीसमेत गरे।

उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपरि नेतृत्व छनोट गर्न कार्यकर्तासँग आग्रह गरे। अब पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेको उनको ठहर छ।

पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्न प्रयास गरेको भन्दै आफूहरूले त्यसो हुन नदिने बताए।

पदमा जान तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने शीर्ष नेताहरूको प्रवृत्तिले कांग्रेसलाई अप्ठ्यारोमा उनको भनाइ छ।

नेता सिंहले लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएकाले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.