|

काठमाडौं : इन्टरनेट प्रदायक कम्पनी भायनेटले दशैंको अवसरमा विभिन्न अफर ल्याएको छ। कम्पनीले आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिडको इन्टरनेट र वायटिभी प्याकेजका दिने घोषणा गरेको छ। 

यस अफरअन्तर्गत नयाँ तथा पुराना ग्राहकले भायनेटका  सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको वायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउने कम्पनीले जनाएको छ।

साथै, भायनेटले साओमीसँगको सहकार्यमा वायानेटको इन्टरनेट र वायटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ। यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.