|

काठमाडौं : बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो। 

बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ। विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिए। 

‘विमानमा अरु कुनै समस्या देखिएर हैन काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड हुन सकेन,’ पाण्डेले भने, ‘ल्याण्ड गर्ने क्रममा एप्रोच नमिल्दा विमान नेपालगञ्ज गएको हो।’ मौसम खुल्ने वित्तिकै नेपालगञ्जबाट विमान पुनः सुर्खेत विमानस्थलमा ल्याण्ड हुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.