|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिइएको छ। 

पार्टी कार्यालय बालकुमारीमा बुधबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिएको नेता महेन्द्र राय यादवले जानकारी दिए। 

उनले भने, ‘हामीले मन्त्री छान्ने जिम्मा अध्यक्षसहित शीर्ष नेतालाई दिइसकेको छौं। उहाँहरूले नै टुंगो लगाउनुहुन्छ।’

अब जसपाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेको नाम उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले टुंग्याउने छन्। 

जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति गठबन्धनमा बनेको छ। 

जसपाबाट महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मृगेन्द्र सिंह, प्रमोद शाहलगायत मन्त्री बन्ने चर्चा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.