|

बुटवल : भदौ २० गते बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रुपन्देही तिलोत्तमाकी सीता भण्डारी पौडेल मृत्यु प्रकरणमा तीन जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

मृतक सीताका  माइती पक्षले श्रीमान टिका पौडेल, अमाजु विष्णु पौडेल, जेठाजु हरि पौडेलले आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहन मुद्दा दिएका थिए। 

जिल्ला अदालतका न्यायधिश पिताम्बर शर्माको इजलासमा भएको बहस पछि बुधबार भएको थुनछेक आदेशबाट उनीहरु तिनै जनालाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो।

सोही मुद्धामा सरकारी वकिल कार्यलयका न्यायधिवक्ता डम्बर काफले, सहन्याधिवक्ता पुणेन्द्र पाण्डे र बिमल पन्थी तथा निवेदकका तर्फबाट शालिकराम बन्जाडे र कृण्णप्रसाद पोखरेलले बहस गरेका थिए।

प्रहरीको केन्दी्रय अनुसन्धान ब्युरो समेतको सहयोगमा गरिएको अनुसन्धानमा सिताले सुसाइड नोट लेखेर आत्महत्या गरेको फेला परेको थियो। सुसाइड नोटमा सीताले नाम उल्लेख गरेकी थिइनन् यो कुरा माइती पक्षले मान्न तयार थिएनन्। थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागी कारागार पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए। 

सीताको न्यायका लागि भन्दै सडकमा आन्दोलन चर्किएको थियो। तिलोत्तमाका नगरप्रमुख बासुदेब घिमिरेले गृहमन्त्री बालकृण्ण खाडलाई घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै अस्ति ध्यानाकर्षण पत्र बुझाएका थिए। दिनहँुको आन्दोललका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै तिलोत्तमाका ब्यबसायीक संघसस्थाले घटनाको सत्यतथ्य सार्वजनिक गरि पीडित पक्षलाई न्याय दिन माग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.