हिजाेबाट दुर्घटना टर्‍यो

|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारपछि सरकार दुर्घटनामा पर्छ कि भन्ने लागेको शंका हटेको बताएका छन्। 

चितवन उद्योग संघको ३० औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्णता नपाउँदै दुर्घटनामा पर्छ कि भन्ने थियो। अब शंका हटाइदिनुहोस्। हिजोबाट दुर्घटना टरेको छ‚ अब काममा जुट्नुहोस्।’

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले पूर्ण कार्यकाल काम गर्ने दाबी गरे। 

प्रचण्डले भने, ‘अगाडि नै निर्वाचन हुँदैन, अब समय आएपछि मात्रै निर्वाचन हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.