|

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएका छन्। यादवको अध्यक्षतामा १५१ सदस्यीय प्रदेश कमिटी गठन भएको नेता ज्ञानेन्द्र यादवले जानकारी दिए।

यसअघि पनि अध्यक्ष रहेका यादव कमिटी पुनर्गठनका लागि आइतबार दिउँसो अध्यक्ष पदबाट राजीनामा दिएका थिए। प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीको आर्थिक विभाग प्रमुख समेत हुन्। 

पूर्वखसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको एकीकरण भएको लामो समयसम्म पनि जसपामा प्रदेश कमिटी समायोजन हुन सकेको थिएन। दुई साताअघि जनकपुर मै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको प्रदेश कमिटी बैठकमा एक व्यक्ति एक पद र समायोजन गर्ने निणर्य गरेको थियो।

सोही निणर्य कार्यान्वयन अन्तर्गत पूर्व फोरम र पूर्व राजपा मिलाएर नव कमिटी गठन गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.