|

बैतडी : बैतडीको सदरमुकामस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले आज फूलपाती भित्र्याएको छ। गुल्मले आज निशानदेवीको पूजाआजा गरी फूलपाती भित्र्याएको हो।

बैतडीमा ब्यारेकबाहिर निशानदेवीको पूजा गरेको छ। बैतडीमा निशानदेवी तथा चण्डी भगवतीको मन्दिर ब्यारेक बाहिर शाहीलेकमा रहेकाले बाहिरै निशानको पूजा गर्ने गरिएको  छ।  
हनुमानध्वज गुल्मले निशान भगवतीको पूजा गरी फूलपाती भित्र्याएको हनुमानध्वज गुल्म बैतडीका सहसेनानी गिरिजाप्रसाद भट्टले जानकारी दिए। जिल्ला सदरमुकाम गढीबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले शाहीलेकस्थित निशानदेवी भगवतीको मन्दिरमा बोका र कुभिण्डोको बलि दिनुका साथै पूजाआजा गरी सेनाको ब्यारेकभित्र फूलपाती भित्र्याएको हो। निशान भगवतीको मन्दिरमा जगन्नाथ मन्दिरका पुजारी हरिहर भट्टद्वारा पूजापाठ गरिएको थियो। उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए।

योसँगै अन्य सबै सुरक्षानिकायले पनि फूलपाती भित्र्याएका छन्। फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लाका सबै सुरक्षानिकायका प्रमुख सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.