|

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृत्यु भएको छ।

शिवनाथ गाउँपालिका–६ बसेडी गाउँमा अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो। गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलेका अनुसार मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्वय २४ वर्षीया भानु पार्की, १८ वर्षीया पवित्रा पार्की र तीन वर्षीया नाति सोम पार्की छन्।

मंगलबार दिउँसो करिब तीन बजेको समयमा उनीहरू पहिरोमा पहिरोमा चन्दले जानकारी दिए। सुल्लेखान प्रहरी चौकीको टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.