|
प्रतीकात्मक तस्बिर

बझाङ : बझाङका बाढीपहिरोपीडितलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भएको छ। 

बझाङको थलारा गाउँपालिकाका बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्।

उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि मन्त्री जोशीले अनुरोध गरिन्। टेलिफोन सम्पर्कविच्छेद भएकाले बाढीपहिरोबाट भएको क्षतिबारे यकिन जानकारी पाउन भने कठिन भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.