|
फाइत तस्वीर

काठमाडौं : नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन १५ दिनभित्र लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ।

एसोसिएसनको शुक्रबार बसेको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश राणालाई नेपाल बारले अल्टिमेटम दिएको हो।

बारले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने काम थाल्ने कार्यतालिका र प्रतिबद्धता दिन प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको हो।

याधीश कार्की संयोजक रहेको समितिले २ महिनाअघि अदालतमा मुद्दाको पेशी र इजलास गठनसम्बन्धी काममा सुधार गर्न प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको थियो।

अदालतमा स्वचालित प्रणालीबाट पेशी तोकिनुपर्ने र यस्तो प्रणाली थाल्न समय लाग्ने भएकाले तत्कालका लागि गोलाप्रथा प्रणाली अवलम्बन गर्न सर्वोच्चले नै गठन गरेका अध्ययन समितिहरू र बारले बेलाबेलामा सुझाव दिँदै आएका छन्।

न्यायाधीश कार्की नेतृत्वको समितिले प्रतिवेदन दिएपछि प्रधानन्यायाधीश राणाले कात्तिक १ देखि गोलाप्रथामा जाने प्रतिबद्धता यसअघि बारका प्रतिनिधिसँग गरेका थिए। प्रतिवेदन लागू गर्न प्रधान न्यायाधीश राणाले आलटाल गरेको आरोपसमेत बारले लगाएको छ। 

महासचिव पौडेलले बार बैठकको शुक्रबारको निर्णयबारे प्रधानन्यायाधीश राणालाई आइतबार भेटेर जानकारी गराउने जनाएका छन्। 

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले, उच्च र जिल्ला अदालतमा मुख्य न्यायाधीशले मुद्दाको पेशी तोक्दै आएका छन्।

अदालतका विकृति रोक्न तत्काल गोलाप्रथा र दीर्घकालमा स्वचालित प्रणाली लागू गर्नुपर्ने सुझावप्रति प्रधान न्यायाधीश राणा सुरुमा सकारात्मक भएपनि अहिले अनिच्छुक भएको सर्वोच्च स्रोत बताउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.