ओलीले अदालतलाई बदनाम गर्न खोजे

|

धनगढी : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने, नलगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन्। 

एमाले विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालले धनगढी विमानस्थलमा पत्रकारसँग यस्तो बताएका हुन्। उनले अदालत र न्यायालय स्वतन्त्र रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई बदनाम गर्न खोजेको आरोप लगाए। यस्तै उनले तत्काल आफू कसैसँग पनि एकता नगर्ने तर निर्वाचनमा अरू पार्टीसँग तालमेल भने गर्ने बताए।

यस्तै अध्यक्ष नेपालले पाँच दलीय सत्ता गठबन्धनले आगामी चुनावसम्म नै निरन्तरता पाउने बताए।  यस्तै आफ्नो पार्टीले आगामी निर्वाचनमा जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै टिकट दिने घोषणा गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.