|

विराटनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश १ मा सत्ता गठबन्धनको निर्णयअनुसार सरकार बन्ने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका संघीय सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेश १ सरकारमा सत्ता गठबन्धनले निर्णय गरेअनुसार सरकार गठन हुने प्रष्टीकरण दिएका छन्।

‘गठबन्धनले जे निर्णय गर्छ‚’ उनले भने‚ ‘गठबन्धन सरकार रहेको हुँदा त्यसले गर्ने निर्णय नै यहाँ हुनेछ।’

बागमती प्रदेशमा गठबन्धनबाहिर गएर सरकार गठन भएको बताउँदै मन्त्री कार्कीले प्रदेश १ मा गठबन्धनले गर्ने निर्णयबाट अघि बढ्ने र आलोपालो सरकारको विषयमा छलफल हुन बाँकी रहेको बताए।

न्यायालयको विषयमा देखिएको विवादमा मन्त्री कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने बताउँदै आफूहरु स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेको बताए। सरकार न्यायापालिकालाई थप शसक्त र मजबुत बनाउनेतर्फ जोड दिएका मन्त्री कार्कीले न्यायालयलाई जनताको विश्वासको धरोहरको रुपमा स्थापित गराउने कांग्रेसको धारण रहेको प्रस्टाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.