|

धनगढी : नेकपा (एमाले)ले शनिवारसम्म सुदूरपश्चिमका आठ जिल्लाका पाँच सय ६४ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।

८८ स्थानीय तहमा सात सय ३४ वडा रहेकोमा बझाङबाहेकका आठ जिल्लाका  सय ४० वडामध्ये पाँच सय ६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। बझाङबाहेक प्रदेशका पहाडी जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।

यस्तै बाँकी रहेको वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको रावले जानकारी दिए। उनका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीका एक सय १० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।

यस्तै ९ स्थानीय तहका ९२ वडा रहेको कञ्चनपुुरमा ६ वडाबाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको छ। बाँकी रहेका ६ वटा वडामा (आजै) शनिबार नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले बताए।

डोटीमा ६५ मध्ये ५९, अछाममा ९१ मध्ये ६१, डडेल्धुरामा ५२ मध्ये ४३, बाजुरामा ६९, बैतडीमा ७ र दार्चुला ६१ मध्ये ५९ वडामा अधिवेशन सम्पन्न भएको रावलले जानकारी दिए।

‘बझाङमा बाढीपहिरोले क्षति पुगेको हुँदा केही दिन ढिलो हुन्छ,’ उनले भने, ‘बाजुरामा त आधा दर्जन पालिकामा पनि अधिवेशन भइसकेको छ।’

सुदूरपश्चिममा १२ गते वडा अधिवेशन र १५ गते पालिका अधिवेशन गर्ने कार्यसूची तय गरिएको छ। तर नेतृत्व सर्वसम्मत चयन गर्ने रणनीतिका कारण केही ढिलाइ भइरहेको रावलले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.