मुख्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने कांग्रेसकाे विश्वास

|

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेससँग भएको आलोपालोको सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेको हुन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले सहमतिअनुसार आजै सोमबार राजीनामा हुनसक्ने बताइन्। 

उनले भनिन्, ‘आज ५ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। राजीनामाबारे कुनै निर्णय भएको छैन। त्यहाँ छलफल हुन्छ होला।’

प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्रीले राजीनामा दिने घोषणा नगरे पनि आजको बैठक अन्तिम भनेर बोलाइएको बताए। सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने भएकाले मुख्यमन्त्री शाहीले राजीनामा दिने विश्वास व्यक्त्त गरे।

आलोपालोको सहमतिअनुसार कात्तिक १५ गते कांग्रेसलाई प्रदेशको सत्ता छाड्ने गरी वैशाख ३ गते महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो। नेकपा विभाजित भएपछि तत्कालीन एमालेका माधवकुमार नेपालनिकट ४ सांसदको फ्लोर क्रस गरेर शाही नेतृत्वको सरकार जोगिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.