|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने बजार अनुगमनका वेला ६१ व्यापारिक पसलमा अनुगमन गरेकाे छ। महानगरपालिकाले यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई ४ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएकाे जनाएको छ। 

महानगरपालिकाका अनुसार जरिवाना गराएकामध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ महानगरपालिकाको खातामा जम्मा भएको छ। महानगरले आफ्नै निरीक्षण अधिकृत तोक्नुअघि गरिएको जरिवाना वाणिज्यको खातामा र त्यसपछिको जरिवाना महानगरको आफ्नै राजस्व खातामा जम्मा गरिएको हो।

मंगलबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अनुगमन समीक्षा बैठकमा यस सम्बन्धी जानकारी दिँदै उपभोक्ताको हक हितमा निम्ति यसैगरी अनुगमन गरिरहने बताइन्।

‘हरेक पटक एउटै समस्यामा अल्झिनु हुँदैन, एकपटक प्रयास गर्दा त्यस क्षेत्रमा सुधार भएको उपभोक्ताले अनुभूति हुने प्रणाली विकास गरौँ, पर्वमा देखिएको सक्रियतालाई वर्षभरि नै निरन्तरता दिऔँ’‚ खड्गी श्रेष्ठले भनिन्।

अनुगमनका क्रममा देखिएको समस्याका विषयमा जानकारी दिँदै निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा बस्तुको गुणस्तरमा सबैभन्दा समस्या रहेको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.