|

काठमाडौं : कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

कैलालीको मोहन्याल गाउँपालिका–४, सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका आचार्यलाई ठकुरीले आइतबार दिउँसो हत्या गरेको अभियोगमा पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।

हत्या आरोपी ठकुरीलाई बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

टिपरमा खलासी काम गर्दै आएका ठकुरीले सामान्य विवादका कारण रड प्रहार गरी आचार्यको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। ठकुरीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.