|

विराटनगर : मोरङको विराटनगरमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीडभाड बढेको छ। कार्तिक शुक्ल पक्षको चौथी तिथिदेखि छठ पर्व सुरू हुन्छ ।

छठ पूजामा छठी मातालाई चढाइने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायतका सामग्री आवश्यक पर्दछ। ती वस्तुको खरिद गर्न यतिबेला विराटनगरमा भीडभाड छ। यस्तै‚ माटो तथा बाँसका सामग्री खरिद गर्नेको पनि उत्तिकै घुइँचो देखिन्छ।

तराईका जिल्लामा रहेका घाटहरू, नदी, पोखरीलगायतमा सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भइरहेको छ। विराटनगरको सिंघिया, केसेलिया, सुनसरी मोरङको सिचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.