|

सल्यान : सल्यानको एक विद्यालयमा शिक्षकले पठनपाठन बन्द गरेका छन्।

जिल्लाको शारदा नगरपालिका–१३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय स्यानीखालका शिक्षकले पठनपाठन बन्द गरेका हुन्।

बिना कसुर प्रधानाध्यापकको तलबभत्ता रोकिएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेका हुन्।

शिक्षक कर्मचारी हकहित संघर्ष समिति गठन गरी विद्यालयका शिक्षक तथा कर्मचारीले प्रधानाध्यापकको तलबभत्ता नआउँदासम्म पठनपाठन नगर्ने बताएका छन्।

अन्य शिक्षक तथा कर्मचारीले सेवासुविधा पाइरहँदा विवाद देखाउँदै प्रधानअध्यापकको सेवासुविधा रोकिनु दुःखद भएको शिक्षक कर्मचारी हकहित संघर्ष समितिका संयोजक मेनुकाकुमारी बुढाथोकीले बताइन्।

माग पूरा नभएसम्म विद्यालयको पठनपाठन बन्द हुने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.