|

कञ्चनपुर : नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौं जिल्ला अधिवेशनबाट अरुणप्रसाद भट्ट अध्यक्ष पदमा चयन भएका छन्।

उपाध्यक्ष पदमा धर्मराज कठायत, महिला उपाध्यक्षमा मनिषा जोशी, सचिवमा भाष्कर केसी, सह सचिवमा विकास सिह महता, खडक कोली, कोषाध्यक्ष पदमा  डम्मरराज भट्ट चयन भएका छन्।

यसैगरी, सदस्य पदमा प्रेमराज भट्ट, पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, बिर सिह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुर्वण प्रशाद जोशी, धनसिह धामी, गोबिन्द राज अवस्थी, हरिना सार्की सोनी दमाई, मनोज लेखक र रोशन नेपाली चयन भएका छन्।

 चयन भएका पदाधिकारीलाई सेन्टरका सुदूरपश्चिम इन्चार्ज राम सिंह ठगुन्नाले शपथग्रहण गराएका छन्। जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व-संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्टले पत्रकारिता पेशालाई मर्यादित र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपालका सुदूरपश्चिम इन्जार्च रामसिंह ठगुन्नाले  पत्रकारीमा पेशा सुद्धिकरणको आवश्यकता भएको बताए। 

नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका महासचिव समेत रहेका ठगुन्नाले पत्रकारको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सामाचार उत्पादनमा जोड दिनका लागि कार्य अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.