|

बैतडी : प्रसिद्ध एकादशी मेलाको लागि बैतडीको पुर्चौडी नगरपालिकाले सोमबार एक दिन सार्वजनिक बिदा दिएको छ।

सोमबार हरिबोधनी एकादशीका दिन ‘गिरेगडा काफलखाना मेला’ लाग्ने भएकोले सो दिन नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो।

नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए।

हरेक वर्ष कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गर्दछ। गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिइन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.