|

काठमाडाैं : बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म 'पृथ्वीराज'को टिजर सार्वजनिक भएको छ। चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक एक्सन ड्रामा फिल्मको टिजर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

तत्कालिन चाहमना राज्यका राजा पृथ्वीराज चौहानको कथामा आधारित फिल्ममा अक्षय केन्द्रीय भूमिकामा देखिएका छन्। अक्षयसँगै फिल्ममा सञ्जय दत्त, सोनु सुद, मानुषी चिल्लरको मुख्य भूमिका रहेको छ। पूर्व मिस वर्ल्ड मानुषीको यो पहिलो फिल्म हो। 

झण्डै तीन सय करोड बजेट रहेको फिल्मको छायांकन चलिरहँदा कोरोना महामारी सुरु भएपछि काम रोकिएको थियो। गत वर्ष नोभेम्बरबाट पुनः छायांकन सुरु गरिएको फिल्मको अब पोस्ट प्रोडक्सनको केही काम बाँकी रहेको छ। 

चन्द बार्दाइको महाकाव्य 'पृथ्वीराज रसो'मा आधारित फिल्म आगामी जनवरी २१ देखि प्रदर्शनमा ल्याउने तयारी हुँदैछ। तिहारको अवसरमा प्रदर्शनमा आएको अक्षयको 'सूर्यवंशी'ले उत्साहजनक व्यापार गरेको छ।

'पृथ्वीराज' बाहेक अक्षयका 'बच्चन पाण्डे', 'रक्षा बन्धन' र 'मिसन सिन्ड्रेला' प्रदर्शनको तयारीमा छन् भने 'राम सेतु' र 'ओ माइ गड २' छायांकनको क्रममा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.