|
वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट खेल। तस्वीर : विनोद विष्ट

बैतडी : वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ।

सेमिफाइनल समीकरण पूरा भएसँगै अन्तिम ४ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

समूह ए बाट विजेता बन्दै कञ्चनपुर र उपविजेता हुँदै अछाम सेमिफाइनल पुग्यो भने समूह बी को विजेता बन्दै कैलाली र उपविजेता बन्दै बैतडी अन्तिम ४ मा पुगेका छन्।

सेमिफाइनल खेल मंगलबार हुने स्कोरर खेमराज भट्टले जानकारी दिए।

कञ्चनपुरस्थित कभर्डहल मैदानमा कञ्चनपुर र बैतडी भिड्दा, खुलामञ्च मैदानमा कैलाली र अछामले प्रतिस्पर्धा गर्ने छन्।

फाइनल खेल मंसिर १ गते हुनेछ।

कात्तिक २४ गतेदेखि जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाको सहभागिता थियो।

प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ।

उक्त टोलीले १९ वर्षमूनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ।

नेपाल क्रिकेट संघको आयोजनामा आगामी मंसिर ४ गतेदेखि १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.