|

झापा : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका आठ जना कार्यकर्ता झापामा पक्राउ परेका छन्।  

पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्य वस्तुमा भएको मूल्य वृद्धिको विरोधमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका नेकपाका आठ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

बुधबारेबाट सात जना र मेचीनगरको इँटाभट्टाबाट एक जनालाई नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए। इँटाभट्टामा प्रहरी देख्नासाथ अन्य कार्यकर्ता भागेको उनको भनाई छ।

‘विप्लव’ नेतृत्वको नेकपा गरेको नेपाल बन्दको प्रभाव झापामा परेको छ। छोटो दुरीका सवारीसाधनहरू छिटफुट चलेका छन्। जिल्लाका अधिकांश विद्यालयहरू समेत बन्द रहेका छन्।

नेकपाका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि सडकमा बसेर बन्दलाई सफल बनाउन लागि परेका थिए। साना सवारीहरू अटो रिक्सा, सिटिरिक्सा, मोटरसाइकलहरू चलिरहेको भए पनि यात्रुवाहक बसहरू चलेका छैनन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.