|

काठमाडौं : मंगलबार साँझ कलंकीमा ट्रकको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरचालक धादिङको खरी गाउँपालिका-२ का ३५ वर्षीय रामबहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह छन्।

साँझ पौने ५ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९३०० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

ट्रकको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.