|
खुमलटारस्थित प्रचण्ड निवासमा भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण। तस्वीर सौजन्य : रमेश मल्लको फेसबुक

काठमाडौं : योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले आज (बिहीबार) साँझ करिब सवा ८ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

नेपाल भ्रमणमा रहेका बाबा रामदेव र आचार्य बालकृष्णले खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा बाबा रामदेश र आचार्य बालकृष्णले प्रचण्डकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

दुवै जनाले सीता दाहालको स्वास्थ्यलाभको कामनासमेत गरेको मल्लले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.