|

बैतडी  : १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउन  सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।

उपकप्तानमा नारायण जोशी,विकेटकिपर अर्जुन साउद, नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउद,लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दीपक टमटा र वसन्त कार्की  अन्तिम १४ मा अटाएका हुन्।

यस्तै, अर्जनसिंह साउद, अनुराग सिंह,सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। 

कात्तिक २४ गतदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा बोलाइएको थियो।  बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको हो।

नेपाल क्रिकेट संघको आयोजनामा  मङ्सिर ७ गतेदेखि काठमाडौंमा १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.