|

भक्तपुर : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

आज (सोमबार) मध्यपुर थिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्ति परिचालन गर्न आफूले सचिवमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए। 
        
आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए । 

उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन्।

सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका काम र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानबारे उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.