प्राधिकरणको कार्यकाल सकिँदै

|

काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम पुस महिनाभित्र नसकिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी पुस महिनाभित्र सकाउने योजना बनाए पनि अझै काम बाँकी छ।

टावरको काम सकिए पनि अझै सवारीसाधन पार्किङ बन्न सकेको छैन। धरहराको कम्पाउन्डको काम पनि सकिएको छैन। संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत संरचना बनाउने भनिए पनि हालसम्म बन्न सकेको छैन।

प्राधिकरणकाे कार्यकाल भने आगामी पुसमा सकिँदै छ। त्यसो त धरहरा पुनर्निर्माणको काम कहिले सकिने टुंगो छैन। धरहरा निर्माण कहिलेबाट पूरा हुने? यसबारे अहिले केही भन्न नसकिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए।

‘प्राधिकरणको कार्यकाल पुस ९ गते सकिँदै छ’‚ प्राधिकरणका सह-प्रवक्ता घिमिरेले भने, ‘यो समयसम्म धरहराको बाँकी काम पूरा गर्ने भनिएको थियो तर नसकिने भयो।’ उनका अनुसार अब प्राधिकरणले कार्यकाल सकिएकाले धरहरा पुनर्निर्माणकाे काम हेर्ने छैन।

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। धरहरा क्षतिग्रस्त भएको तीन वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए। 

उनैले निर्माणाधीन धरहराको काम नसकी हतार हतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए तर उनले उद्घाटन गरेको ७ महिना पुग्दा पनि काम सकिएको छैन। काम नसकी ओलीले उद्घाटन गरेपछि उनको चौतर्फी विरोध भएको थियो।

धरहरा निर्माणका लागि जिआइइटिसी–रमन जेभीसँग तीन अर्ब आठ करोड रुपैयाँ सम्झौतामा भएको छ। पुरानो धरहराअगाडिको ४२.२ रोपनी क्षेत्रफलमा २२ तलाको धरहरा पुनर्निर्माण भइरहेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.