|

चाैतारा : प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएको छ।

बिहीबार चौतारामा सम्पन्न पाँचौँ अधिवेशनमा दिनेश दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। सेन्टरका वरिष्ठ उपाध्यक्षमा दीपक खत्री, उपाध्यक्ष अस्मी स्याङतान, सचिव सुन्दर शिरीष, सहसचिव अर्जुन शर्मा र सम्झना कार्की तथा कोषाध्यक्ष निर्मल बस्नेत चयन भएका छन्।

सदस्यहरूमा रश्मि खत्री, राजेन्द्र राना मगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा, वासुदेव गिरी, निशा घिमिरे र सरस्वती नेपाल चयन भएका छन्।

यसैगरी सल्लाहकार समितिको संयोजक सुरेश कसजु, सदस्यमा जीवन श्रेष्ठ र रामकृष्ण थापा रहेका छन्।

सेन्टरका केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाल छनौट भएको निर्वाचन समितिका संयोजक तारा श्रेष्ठले बताए।

प्रदेश अधिवेशन प्रतिनिधिमा भने अशोक पराजुली, रमेश पराजुली, केदार माझी, लालकाजी तामाङ, चन्द्रकला खत्री, बुद्धिप्रसाद आचार्य चयन भए।

कार्यसमितिमा छानिएका वरिष्ठ उपाध्यक्ष दीपक खत्री र सहसचिव सम्झना कार्की आजै प्रेस सेन्टरमा प्रवेश गरेका हुन्। खत्री प्रेस चौतारी नेपालका सदस्य थिए भने कार्की प्रेस युनियन, सिन्धुपाल्चोक कार्यसमिति सदस्य थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.