|

काठमाडौं : नेपाली सेनाद्वारा सञ्‍चालित पाँचदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा विभिन्न सञ्चार माध्यमका २६ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्‍चालन भएको हो।

शुक्रबार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्गदल गणमा आयोजित एक कार्यक्रमबीच सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कार्यक्रम समापन गरेका हुन्।  

कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम गरिएको थियो।

साथै राष्ट्र गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग सडक आयोजना तथा चितवन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो।

कार्यक्रमले रक्षा संवाददाताहरूलाई नेपाली सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ।

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.