|
बैतडीमा कांग्रेसका महाधिवेशन प्रतिनिधि छनोट। तस्वीर : विनोदसिंह विष्ट

बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।

बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।

ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।

खुला महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेमा चन्द समूहबाट दिनेशप्रसाद भट्ट  (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७) र नरेन्द्रसिंह थापा (५२१) छन्।

भट्ट समूहबाट केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउद (५४९), दीपकबहादुर बम (५४४) र कृष्णसिंह नायक (५२३) विजयी भएका छन्।

खुला महिला सदस्यमा चारै जना चन्द समूहबाट विजयी भएका छन्। पुनम पाल बम (५४८), जानकी भट्ट (५१४), तुलसी ठगुन्ना (५०१) र मीना चन्द (४९२) मत ल्याएर विजयी भएका छन्।

खस आर्य पुरुषतर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन्।

चन्द समूहबाट दिपेन्द्र बम (६०६), सुरेन्द्रसिंह ऐर (५०६) र नरेन्द्रप्रसाद भट्ट (५००) मत ल्याएर विजयी भएका छन्।

यस्तै भट्ट समूहबाट तेजबहादुर चन्द (५४३) र कपील केसी (५२५) मत ल्याएर विजयी भएका छन्।

खस आर्य महिलातर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन्।

भट्ट समूहका कान्ता चन्द शाही (६०१) र सरस्वती कोली (५६२) मत ल्याएर विजयी भएका छन्। यस्तै चन्द समूहबाट कौशिला चन्द (६२५) र लक्ष्मी शाह चन्द (५४७) मत ल्याएर विजयी भएका छन्।

अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए।

आदिवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध भएका छन्।

यसअघि जिल्ला पदाधिकारीमा एक जना उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको छ।

बैतडीमा १ हजार ४ सय २ जना प्रतिनिधिमध्ये १ हजार ३ सय ४८ जना नयाँ नेतृत्व चयनमा सहभागी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.