|
सौराहामा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक। तस्वीर : शिला तिम्सिना

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ।

सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने तयारी गरेको हो।

पार्टीमा २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप्ने तयारी कमिटी बैठकले गरेको बुझिएको छ।

संख्या थपिएमा एमालेमा पदाधिकारीको संख्या १९ पुग्नेछ।

अहिले एमालेमा १५ जनामात्र पदाधिकारी रहेका छन्। 

 ४ पदाधिकारी थपेर १९ सदस्यीय बनाउने प्रस्ताव गरिएको जनाइएको छ।

ढिलो गरी शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ।

साँझ ८ बजे बस्नुपर्ने बैठक ट्राफिक जामका कारण समयमै सहभागी नेताहरू सौराहास्थित बैठकस्थल होटल जंगल क्राउन पुग्न नसक्दा ढिलो शुरु भएको हो।

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा आएका नेताहरूको व्यवस्थापन पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि चुनौति बनेको छ।

पूर्व माओवादी नेता तथा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बसेका असन्तुष्ट नेताहरूको समूह व्यवस्थापन गर्नका लागि पनि पदाधिकारीको संख्या थपिने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.