|

चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। महासचिव ईश्वर पोखरेलले कार्यक्रम संचालन गरेका छन्। 

अध्यक्ष केपी ओलीसहितका सबै शीर्ष नेता पनि बन्दसत्र हलमै छन्। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा सुरु भएको बन्दसत्रको सुरुमा विदेशी पाहुनालाई बोल्न दिने कार्यक्रम छ।

महाधिवेशनमा शुभकामना दिन विभिन्न देशबाट आएका विदेशी पाहुनालाई शुक्रबार उद्घाटन समारोहमा समय अभाव हुने भएपछि बोल्न दिइएको थिएन। उनीहरुलाई बन्दसत्रको सुरुमै शुभकामना मन्तब्यका लागि समय दिइनेछ। 

त्यसपछि विधान संशोधन प्रस्ताव पेश हुनेछ। शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटीको बैठकले दुई उपाध्यक्ष, दुई महासचवि र ७२ केन्द्रीय सदस्य थप गरी केन्द्रीय समितिको संख्या २२५ बाट ३०१ बनाउने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो। 

नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि नेतृत्व चयनमा सहमति हुन सकेको छैन। बन्दसत्रले विधान संशोधन प्रस्ताव अनुमोदन गरेपछि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.